प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् मकवानपुर यहाँहरू सबैलाई स्वागत गर्दछ ।
प्रदेशमा योजनाबद्धरुपमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमको व्यवस्था गरी प्राविधिक जनशक्ति उत्पादन तथा प्राविधिक सीपको स्तर निर्धारण एवम् प्रमाणीकरणको लागि प्रदेश प्राविधिक तथा व्यवासायिक शिक्षा एवम् तालिम परिषद्को स्थापना र सञ्चालन गर्ने उद्धेश्यका साथ प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् ऐन, २०७५ जारी गरिएको छ ।
उपर्युक्त ऐनमा भएका प्रावाधानहरुको कार्यान्वयनका लागि प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् नियमावली, 2080 स्वीकृत भई जारी भइसकेको छ । उक्त ऐनको दफा 3 मा सामाजिक विकास मन्त्रीको अध्यक्षतामा 17 सदस्यीय परिषद् गठन हुने व्यवस्था रहेकोछ । परिषद्को सचिवालयका निर्णयहरू कार्यान्वयन गर्न प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्को कार्यालय, हेटौंडा- ८ कमानेमा रहेको छ ।