वि.सं:
नेपाल संवत: ११४६ थिंलागा नवमी - २४
यस परिषद्को आ. व. २०८२।०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत स्थानीय तहको लागत साझेदारीमा सीपमूलक तालिम (३९० घण्टा) सञ्चालन गर्ने कार्यक्रम रहेकोले निर्देशक समितिको मिति २०८२।०७।१७ गतेको निर्णयानुसार सीपमूलक तालिम कार्यक्रम सञ्चालन कार्यविधि, २०८० को दफा ४ को उपदफा १ को खण्ड (ग) बमोजिम प्रदेश सरकारको ६० प्रतिशत र स्थानीय तहको ४० प्रतिशत लागत साझेदारीमा छोटो अविधिको सीपमूलक तालिम कार्यक्रम सञ्चालनका लागि ईच्छुक स्थानीय तहहरूबाट तालिम सञ्चालनका लागि प्रस्ताव पेश गर्न यो सूचना प्रकाशन गरिएको छ। ईच्छुक स्थानीय तहहरूले सूचना प्रकाशित भएको मितिले १५ दिन (२०८२ मंसिर ०५) भित्र यस परिषद्को कार्यालय वा ईमेल ठेगाना tvetbagamati@gmail.com मार्फत प्रस्ताव पेश गर्न सकिनेछ । प्रस्ताव पत्रको ढाँचा यस परिषद्को website: www.pctvet.bagamati.gov.np मा उपलब्ध छ ।