संक्षिप्त सूचिमा सूचिकृत गरिएको सम्बन्धी सूचना ।

प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद्, बागमती प्रदेशबाट “बागमती प्रदेशमा  व्यावसायिक सीप विकास तालिम सञ्चालन” कार्यक्रम सञ्चालन गर्न मिति २०८१/१०/०७ आशयपत्र नं PCTVET/VST-CS-01/081/082 बाट तालिम प्रदायक फर्म, कम्पनी वा संस्थाहरुसँग सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली  e-GP को माध्यमबाट परामर्श सेवा खरिदका लागि आशयपत्र माग गरिएकोमा निर्धारित अवधिभित्र पेश हुन आएका आशयपत्रहरुको सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३० को उपदफा ५ बमोजिम मूल्याङ्कन गरी मूल्याङ्कन समितिको मिति २०८१/१०/२४ को निर्णयानुसार संक्षिप्त सूचीमा सूचीकृत गरिएकोले सार्वजनिक खरिद नियमावली, २०६४ नियम ७० को उपनियम १० एवं उपनियम १४ को प्रयोजनका लागि यो सूचना प्रकाशन गरिएको छ।